Showing posts with label आफ्नो आवाज Record गरेर Share गर्नुहोस्. Show all posts
Showing posts with label आफ्नो आवाज Record गरेर Share गर्नुहोस्. Show all posts

Saturday, May 22, 2010

आफ्नो आवाज Record गरेर Share गर्नुहोस्


आफ्नो साथीभाई वा आफन्तहरुलाई सम्पर्क गर्दा ईमेल वा SMS पठाउदा पठाउदा दिक्क मानीरहनु भएको छ र कुनै नयाँ तरिका बारे सोचीरहनु भएको छ भने "Vocaroo" नामक साईट उपयोगी साबित हुन सक्छ ।

"Vocaroo" नामक यो साईटमा तपाईंले आफ्नो voice record गर्न सक्नु हुन्छ, तपाईंको कम्प्युटरमा भएको mic को मद्घतले आफ्नो आवाज record गर्न सक्नु हुन्छ । आवाज record भईसकेपछि ... ... ... ... ... ... ... ...
तपाईंले आफ्नो आवाजको Direct link URL र html code पाउनुहुनेछ । एच.टि.एम.एल code तपाईंले आफ्नो साईट वा ब्लगमा पनि प्रयोग गर्न सक्नु हुन्छ । साथसाथै आफ्नो आवाज तपाईंले आफ्ना साथीभाई वा आफन्तलाई सुनाउन चाहनु भएको छ भने direct link URL पठाउन सक्नु हुन्छ । यो साईटमा तपाईंले आफ्नो अकाउन्ट signup गरेर खोल्न सक्नु हुन्छ तर signin नगरिकनै पनि यो सुबिधा प्रयोग गर्न सकिन्छ । यसमा तपाईंले त्यती धेरै Function त पाउनु हुने छैन तर यसमा record हुने sound quality एकदम राम्रो छ ।
तपाईं पनि एकपल्ट यो साईटको सुबिधा प्रयोग गरेर किन नहेर्ने ???
साईटमा जान यहाँ क्लिक गर्नुहोला vocaroo.com